+
+
Shares

रवीन्द्र मिश्रको पार्टीको नामबाट विवेकशील गायब !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १८:०७

३० असार, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले आफ्नो नाममा विवेकशील शब्दको कम प्रयोग गर्ने भएको छ ।

यद्यपि औपचारिक दस्तावेजमा साझा विवेकशील पार्टी नै रहनेछ । पार्टीको नामलाई दिएर अन्यौल जस्तो देखिएकाले बोलीचालीमा साझा पार्टी मात्र भन्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

उज्वल थापा नेतृत्वको समूह अलग भएर विवेकशील नेपाली दल बनाएपछि मिश्रको समूहले पार्टीको नाम विवेकशील साझाको सट्टा साझा विवेकशील बनाएको थियो ।

अब भने साझा पार्टी मात्र प्रयोग गर्ने भएको छ ।

‘रवीन्द्र मिश्रको विवेकशील र उज्जव थापाको विवेकशील भन्न थालेपछि हामीले बोलीचालीमा साझा पार्टी मात्र भन्ने निर्णय गरेका हौं’ आचार्यले भने, ‘पार्टीको औपचारिक दस्तावेजहरुमा भने साझा विवेकशील पार्टी नै रहन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?