Comments Add Comment

विश्वकपका उत्कृष्ट ११ खेलाडीमा को-को ?

३० असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेटका प्लेइङ इलाभेन (उत्कृष्ट ११ खेलाडी) सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको प्लेइङ इलाभेनमा विश्वविजेता इंग्ल्यान्डका चार, उपविजेता न्युजिल्यान्डका तीन, अष्ट्रेलिया र भारतका समान २-२ तथा बंगलादेशका एक खेलाडी टिममा परेका छन् ।

इंग्ल्यान्डका ज्यासन रोय, जोइ रुट, बेन स्टोक्स र जोफ्रा आर्चर टिममा परेका छन् । त्यस्तै, न्युजिल्यान्डका कप्तान केन विलियम्सन, कोकी फर्गुसन र तीव्र गतिका बलर ट्रेन्ट बोल्ट टिममा अटाएका छन् ।

अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारी र तीव्र गतिका बलर मिचले स्टार्क टिममा छन् । यता, भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा र तीव्र गतिका बलर जस्प्रित बुमराह छन् । बंगलादेशका अलराउण्डर शकिब अल हसन पनि टिममा परेका छन् ।

दक्षिण अफ्रिका, वेष्ट इन्डिज, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका खेलाडी भने विश्वकप प्लेइङ इलाभेनमा पर्न असफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment