Comments Add Comment

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

३० असार, काठमाडाै. । यही असार २७, २०७६ मा सिप्रदी टे«डिङ्ग प्रा. लि. तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरि कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनिको तर्फबाट सिप्रदी कम्पनिका कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनिको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक श्री मुकुन्द धमलाले नेपालको मार्केट प्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिनु भयो ।

साथै सिप्रदीका उप जनरल म्यानेजर रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल भरी रहेका सिप्रदी सँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनिको तर्फबाट प्रमुख संचालन अधिकृत श्री राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिदैं आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिनुभयो, साथै कम्पनिले अपनाउने आगामीे रणनितिमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस् ( म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment