+
+
Shares

कंगनालाई सञ्चारकर्मीले वहिष्कार गरेपछि

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते ८:१५

बलिउड अभिनेत्री कंगना रनोटको नयाँ फिल्म ‘जज मेन्टल है क्या’ को मुम्बईमा आयोजित एउटा कार्यक्रम सञ्चारकर्मीहरुको वहिष्कारका कारण रद्द भएको छ ।

उक्त फिल्मले प्रचार-प्रसारका लागि शनिवार राती मुम्बईमा एउटा भव्य समारोह आयोजना गर्ने घोषणा गरेको थियो । उक्त समारोहमा अभिनेत्री रनोट तथा निर्मात्री एकता कपूर पनि सहभागि हुने कार्यक्रम थियो ।

भारतका ठूला मिडियाहरुलाई पनि समारोहको रिर्पोटिङका लागि आमन्त्रण गरिएको थियो । यद्यपि, कंगना सहभागि हुने समारोहलाई वहिष्कार गर्ने निर्णय गरेका अधिंकाश सञ्चारकर्मीहरु उक्त समारोहमा उपस्थित नै भएनन् । ठूला सञ्चारमाध्यममा सञ्चारकर्मीहरु आफ्नो समारोहमा अनुपस्थित भएपछि बाध्य भएर आयोजकले उक्त समारोह नै रद्द गरिएको घोषणा गर्न बाध्य भए । समारोह रद्द गर्नु पर्ने कारणको रुपमा अभिनेत्री कंगना रनोट बिरामी भएको भनियो । यद्धपि, उनी बिरामी नभएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसैबीच, कंगनाका वकीलले प्रेस क्लब अफ इन्डिया तथा इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्डविरुद्ध नकारात्मक धारणा सार्वजनिक गरेका छन् । उनको तर्क छ भने गिल्ड एउटा पंजीकृत संस्था हो । वकिलले कंगनालाई त्यसरी वहिष्कार गरेर सञ्चारकर्मीहरुले राम्रो नगरेको तर्क प्रस्तुत गरेका छन् ।

एउटा समाचारमा जनाइए अनुसार कंगनाको लागि उक्त समारोह निकै महत्वपूर्ण थियो । यद्यपि, उनलाई त्यो बेला झट्का लाग्यो, जब उक्त समारोहमा फोटोग्रँफरहरु समेत उपस्थित भएनन् । उनलाई कसैले ‘जब समारोहको कभरेज गर्न कुनै पनि सञ्चारकर्मी उपस्थित छैनन् भने त्यो बेला समारोह नै रद्द गर्नु बुद्धिमानी हुन्छ’ भन्ने सुझाव दिएपछि अन्तिम अवस्थामा आएर कंगनाले उक्त समारोह रद्द भएको घोषणा गराएकी थिइन् ।

केही दिनअघि जजमेन्टल है क्या फिल्मकै पत्रकार सम्मेलनमा कंगनाले एक जना सञ्चारकमीलाई व्यक्तिगत आरोप लगाउँदै वाद-विवाद गरेकी थिइन् । सोही घटनाका विरोधामा मुम्बईका सञ्चारकर्मीहरुले कंगना सहभागि हुने समारोह वहिष्कार गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?