Comments Add Comment

विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई विजेता घोषणा गर्ने नियमको आलोचना

३० असार, काठमाडौं । निकै रोमाञ्चक प्रतिस्पर्धामा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पहिलोपटक क्रिकेट वर्ल्डकपको उपाधि जित्यो । फाइनल खेल त इंग्ल्याण्डले जित्यो, तर प्रशंसा न्यूजिल्याण्डको पनि भइरहेको छ । सँगसँगै विजेता घोषणाको आधारको आलोचना पनि भइरहेको छ ।

जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए । दर्शकको नजर यी दुवै खेलमा थियो ।

वर्ल्डकप क्रिकेटको फाइनल प्रतिस्पर्धा सकिनासाथ बिभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थाले । यसबीचमा विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै एक रोचक ट्वीट गर्यो । ट्वीटरमा लेखिएको थियो- हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ ?

यो पनि पढ्नुहोस न्युजिल्यान्डका केन विश्वकपको सर्वोत्कृष्ट खेलाडी

त्यसपछि क्रिकेट वर्ल्ड कपको ट्वीट आयो । त्यसमा इंग्ल्याण्ड च्याम्पियन भएको उल्लेख थियो । साथै थप के पनि लेखिएको थियो भने- एक विजेता, तर दुई च्याम्पियन ।

वि्रटेनकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्याण्डलाई बधाइ दिइन् ।

तर, भारतका पूर्वक्रिकेटर गौतम गाम्भिरको प्रतिक्रिया भने अलग थियो । उनले विजेता घोषणा गर्ने आधारको आलोचना गरे । इंग्ल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा विजेता घोषणा गरिएको थियो ।

त्यसको विरोध गर्दै गाम्भिरले भने- खेलको विजेताको फैसला सबैभन्दा धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो । खेल बराबरी हुनुपर्थ्यो । म दुवै टिमलाई बधाइ दिन्छु, जसले राम्रो खेल खेले । विजेता दुवै हुन् ।’

भारतकै अर्का पूर्वक्रिकेटर युवराज सिंहले पनि ट्वीट गरेर बाउन्ड्री धेरै हानेको आधारमा विजेता घोषणा गर्ने नियमप्रति असहमति जनाए । उनले लेखेका छन्, ‘म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्याण्डलाई बधाइ छ । मेरो सहानुभूति किवी -न्यूजील्याण्ड)सँग छ । उसले अन्तिमसम्म राम्रो खेल्यो ।’

यसैगरी भारतका विरेन्द्र सेहवागले न्यूजिल्याण्डले भारतका धेरै प्रशंसक बनाएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment