+
+
Shares

४३ किलो चरेससहित एकजना पक्राउ

रासस रासस
२०७६ असार ३१ गते ७:०४

३१ असार, चितवन । चितवनमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे उनलाई पक्रेको हो ।

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?