+
+
Shares

पर्यटन प्रबर्द्धन गर्न भदौमा ‘डोल्पो महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १८:४४

३१ असार, काठमाडौं । आगामी भदौको अन्तिम साता ‘डोल्पो महोत्सव’ आयोजना हुने भएको छ ।

डोल्पो महोत्सव मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २४ गतेदेखि २८ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

डोल्पाको आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो महोत्सव आयोजना गर्न लागिएको समितिका संयोजक ग्याल्पो थापा भोटेले जानकारी दिए ।

डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र भागमा रहेको क्रिस्टल माउन्टेन विद्यालयको प्राङगनमा महोत्सव आयोजना हुनेछ ।

समितिले महोत्सवले ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई सफल बनाउन पनि सहयोग पुर्‍याउने विश्वास लिएको छ ।

डोल्पाको पर्यटन प्रवर्द्धनमा पनि महोत्सवले उल्लेख्य योगदान पुर्‍याउने अपेक्षा पनि गरिएको संयोजक भोटेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?