Comments Add Comment

अनलाइनमा पोर्न हेर्नु पृथ्वीको लागि खतरा !

काठमाडौं । अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । विश्वभर अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण युरोपेली देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको छ ।

अर्थात् बेल्जियमले जति कार्बन डाइअक्साइड उत्पादन गर्दछ, विश्वभर हुने पोनोग्राफी स्ट्रिमिङ्गबाट पनि त्यति नै मात्रामा पोनोग्राफीको उत्सर्जन हुने गरेको छ ।

फ्रान्सस्थित थिंक ट्याङ्क द शिफ्ट प्रोजेक्टले हालै सार्वजनिक गरेको रिपोर्टले यो तथ्यको खुलासा गरेको हो । यो वर्षको सुरुवातमा द शिफ्ट प्रोजेक्टले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व कार्वन उत्सर्जनको ४ प्रतिशत हिस्सा डिजिटल टेक्नोलोजीले ओगटेको जनाएको थियो । यो दर सन् २०२५ सम्ममा वृद्धि भई ८ प्रतिशत पुग्नेछ ।

अनलाइन भिडियोका कारण कार्बन उत्सर्जन

पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।

यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्‍याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरे । तत् पश्चात् कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी औसत निकाले ।

हरेक वर्ष भैरहेको छ वृद्धि

अनुसन्धानको नेतृत्व गरेका कम्प्युटर मोडलिङका जानकारी इन्जिनियर म्याक्सिम एफू हेस्सका अनुसार डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको छ र विश्वमा हुने डाटा फ्लोको ६० प्रशित अनलाइन भिडियोमार्फत आउँदछ ।

उक्त रिपोर्टमा स्काइपी तथा यस्तै अन्य भिडियो सर्भिसहरुलाई भने समावेश गरिएको छैन । यदि त्यसलाई पनि सामेल गर्ने हो भने विश्वको डाटा फ्लो ६० प्रतिशतबाट बढेर ८० प्रतिशतमा पुग्दछ ।

हाई रिजोलुसन सामाग्रीबाट नोक्सानी

एट के रिजोलुसन तथा अन्य हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेछ । त्यस्तै न्ययनभि क्तबमष्ब जस्ता गेम स्टि्रमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउनेछन् ।

केही सुझाव

द शिफ्ट प्रोजेक्टले कार्बन उत्सर्जन कम गर्नका लागि केही सुझाव पनि दिएको छ । यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरुको अटो प्लेलाई बन्द गर्नु हो । साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्ने ।

अहिले केही डिभाइसहरु यस्ता छन् कि जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ । त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्टि्रमिङ्ग गर्ने गर्नुपर्दछ ।

परिवर्तन आवश्यक

शोधकर्ताहरुले ग्लोबल भिडियो ट्राफिक पत्ता लगाउनका लागि सिस्को तथा कबलखष्लभ द्वारा जारी सन् २०१८ को एक रिपोर्टलाई आधार मानेका थिए ।

शोधकर्ताहरु भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफि्लक्स तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन । तर अनावश्यक चिजहरुको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरुलाई कसरी बचाउने भन्ने चुनौति चाहिँ हाम्रो सामु अवश्य रहेको छ ।’

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment