Comments Add Comment

हरिहर भन्छन्–‘फिल्म फ्लप हुँदा मेरो ज्योतिष पेशालाई असर गरेन’

यूवा अवस्थामा नै ज्योतिष हरिहर अधिकारी सफलता कमाइरहेका छन् । आधुनिक शैलीमा यो पेशा अंगालेका हरिहरले धेरै कलाकारको भविष्य बताइसकेका छन् । तर, उनी आफैले अभिनय गरेको पहिलो चलचित्र ‘शुभ लभ’ भने असफल भयो ।

चलचित्रमा काम गरेपछि उनलाई धेरैले उनको पेशामा असर गर्ने टिप्पणी गरेका थिए । कतिपयले त अब, चलचित्र नचलेपछि हरिहरको कुरा कसैले पनि नपत्याउने समेत टिप्पणी गरे । त्यो समयमा हरिहर डराएका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘चलचित्र खेलेपछि मेरोमा कोही पनि चिना देखाउन आउँदैनन् भनेर मेरो टिप्पणी पनि गरिएको थियो । साच्चै, म भन्दा मैले त्यो समयमा जोखिम मोलेकै हो । तर, अहिले मेरो व्यापारमा कुनै पनि असर गरेको छैन । बरु, व्यापार अझै बढेको छ ।’

उनले अगाडि भने–‘सामाजिक संजालमा यस्ता खालका टिप्पणी गर्नेहरु चीना देखाउन नै आउँदैनन् । जसले, देखाउन आउँछन् उनीहरु टिप्पणी गरेर नै बस्दैनन् । मानिसहरुले चलचित्रको काम र मेरो पेशा फरक रहेछ भनेर वुझेका रहेछन् । म खुशी छु ।’

हरिहरले चलचित्र असफल भएको स्विकार गर्दै आफूलाई अहिले पेशा कमजोर हुन्छ कि भनेर डर नलागेको समेत बताए । हरिहर अहिले साउथको सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा काम गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment