Comments Add Comment

चालकलाई कारागार चलान गर्दा मजदुरको विरोध

१ साउन,बुटवल । सवारी दुर्घटनामा संलग्न चालकलाई कारागार चलान गर्दा यातायात मजदुरहरू विरोधमा उत्रिउका छन् ।

२ असारमा गुल्मीको तम्घास हिँडेको लु १ ख ८३२६ नम्बरको बस र विपरित गलत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा नवलपुर बुलिङटार गाउँपालिका-३ का विरेन्द्रनन्द गिरीको मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक विष्णु निर्मल गिरी गम्भीर घाइते भएका छन् ।

घटनामा संलग्न बसका चालक रामबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

तर यातायात मजदुरहरले भने घटनामा श्रेष्टको गल्ती नभएको भन्दै रिहाईको माग गरेका छन् । सात दिनभित्र माग पूरा नभए कार्यक्रमहरू ल्याउने उनीहरूले बताएा छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्णप्रसाद कंडेलले दुर्घटनाको बैज्ञानिक छानविन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।

पश्चिम नेपाल बस व्यसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कानूनलाई हातमा लिएर चालकलाई दोषी देखाइएको बताए । उनले मजदुरको आन्दोलनमा प्रालि सधै साथमा रहेको स्पष्ट पारे ।

अखिल नेपाल यातायात मजदुर संगठन प्रदेश पाँचका सहसचिव डम्बर बुढाथोकीले मोटरसाइकलका चालक नै घटनामा दोषी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment