Comments Add Comment

६० वर्ष पुगेपछि मात्र कर्मचारीलाई पेन्सन दिऔं : बडू

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको दफावार छलफलमा भाग लिँदै बडूले ५८ वर्षमा पेन्सन पाउने सरकारी प्रस्ताव स्वीकार्य नहुने बताए ।

राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने उनको तर्क छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको तलब बढ्दा अवकास प्राप्त कर्मचारीको पेन्सन वृद्धि गर्न नहुने बताए । विधेयकमा कर्मचारी तलब बढ्दा समान पदको कर्मचारकिो पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment