+

म्यान्चेस्टर सिटीमा खेलाडीले नै कप्तान छान्ने !

२०७६ साउन  २ गते १०:५८ २०७६ साउन २ गते १०:५८
म्यान्चेस्टर सिटीमा खेलाडीले नै कप्तान छान्ने !

२ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेष्टर सिटीका कप्तान खेलाडीले नै छान्ने भएका छन् ।

पुर्वकप्तान भिसेन्ट कोम्पनीले सिटीलाई लिग च्याम्पियन बनाउँदै सिजनको अन्त्यमा फुटबल करिअरबाट सन्यास लिएपछि सिटी कप्तानविहीन बनेको थियो । बुधबार प्रि–सिजनको खेलमा वेष्टह्यामलाई ४–१ ले पराजित गर्दा म्यान्चेस्टर सिटीको कप्तानीको भूमिकामा डेभिड सिल्भा थिए ।

तर, सिटी स्थायी कप्तानको खोजीमा छ । क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीले नै सिटीको कप्तान छान्ने बताएका छन् ।

मुख्य प्रशिक्षक ग्वार्डिओलाले भनेका छन्, ‘उनीहरुले कप्तानको छनोट गर्नेछन् । उनीहरु सबै फर्किएपछि एउटा बैठक बस्नेछन् । जसले नयाँ कप्तानको टुंगो लगाउनेछ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय