Comments Add Comment

मनाइयो ‘टाटा गुरु डे’

२ साउन, काठमाडाैं । टाटा जेन्युन पार्ट्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सले गुरु पुर्णिमाको अवसर पारेर गत असार ३१ गते ‘टाटा गुरु डे’ मनाएको छ । सिप्रदीले नेपालमा लगातार दोस्रो पटक टाटा गुरु डे मनाएको हो । उक्त अवसरमा देशभर रहेका ८ सय भन्दा बढी टाटा गुरुहरुबाट कुल १२ लाख ७० हजार ३ सय ४१ अंक कुपन जम्मा भएको कम्पनीले बताएको छ ।

स्थानिय मेकानिक्सलाई टाटा गुरु बनाउन सिप्रदीले विशेष प्रकारको लोयल्टी प्रोग्राम ल्याएको थियो । उक्त प्रोग्राममा सहभागी हुनका लागी टाटा जेन्युनका कुनै पनि पार्ट्स खरिद गरे पछि उनीहरुलाई सिप्रदीले विशेष प्रकारको कोड उपलब्ध गराएको हुन्छ । कोडको भित्र उनीहरुका लागि स्पेसल कुपनको व्यवस्था गरिएको हुन्छ ।

सो कुपनमा भएको नम्बर एसएमएस गरेर पठाउनु पर्ने हुन्छ । धेरै एसएमएस गर्नेहरु मध्येबाट ५ जना भाग्यशाली विजेतालाई स्मार्ट फोन लगायतका विशेष पुरस्कार प्रदान गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ ।

अन्य दिन भन्दा गुरु डे का दिन गरिएको एसएमएसका लागि दोब्बर अंक प्रदान गरिने व्यबस्था मिलाइएको थियो । केही समय पछि टाटा गुरु सम्मेलनको आयोजना गरी भाग्यशाली विजेता र विभिन्न मेकानिक्सहरुलाई पुरस्कृत गर्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment