+
+
Shares

अपडेट : धनगढी विस्फोटमा गम्भीर घाइते १ जनाको मृत्यु

दीपक उपाध्याय दीपक उपाध्याय
२०७६ साउन ३ गते ७:०७

३ साउन, धनगढी । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।

घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्‍याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।

बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज  पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?