
३ साउन, काठमाडौं । नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द भएको छ । सर्भरमा सुधार गर्नु पर्ने भन्दै कोषले आगामी ८ गतेसम्मका लागि बाह्य कारोबार बन्द गरेको हो ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले बन्द गर्नु परेको जनाएको छ ।
बीमाबाहेकका अन्य काम भने निरन्तर हुने कोषले जनाएको छ । ९ गतेपछि भने सर्भर परिवर्तन भई नियमित काम हुने कोषले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4