+
+
Shares

भक्तपुरबाट १६ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ४ गते १२:३५
Photo Credit : सांकेतिक तस्वीर

४ साउन, भक्तपुर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका २ छुट्टाछुट्टै स्थानबाट १६ जुवाडे पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गएराति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यस्तै, भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेको सबैलाई प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?