+
+
Shares

बुद्धमूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ५ गते १०:४७
Photo Credit : कपिल ज्ञवाली

५ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

पोखरेलले जिल्लाका सुरक्षा प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडबारे चासो व्यक्त गरेका हुन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बुटवल-बेलहिया सडकखण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाले सडकको डिभाइडरमा राखेका बुद्धका मूर्ति तोडफोड भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?