Comments Add Comment

प्रदेश २ का जिल्लामा नेकपाका १० जनासम्म सहइन्चार्ज

५ साउन, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का जिल्लामा १० जनासम्मलाई सहइन्चार्ज बनाएको छ । धनुषामा एक जना मन्त्रीकी पत्नीले पनि सहइन्चार्जको जिम्मेवारी पाएकी छन् ।

जिल्ला इन्चार्ज जोगकुमार बरबरिया यादव चयन भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठकी पत्नी जुली महतोलाई नेकपाको धनुषा सह–इन्चार्ज चयन भएकी छन् ।

धनुषा सह–इन्चार्जमा जुलीसँगै महादेव यादव, योगनारायण यादव, यदुबंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर साह, शत्रुद्यन महतो र हरिनारायण महतो पनि चयन भएका छन् । यसमध्ये शत्रुद्यन प्रदेशसभा सदस्य समेत हुन् ।

सप्तरी इन्जार्च रामप्रित पासवान चयन भएका छन् भने सहइन्चार्ज तोकिएको छैन । सिरहाको इन्चार्जमा सांसद लिलानाथ श्रेष्ठ चयन भएका छन् । सहइन्चार्जमा पूर्वमन्त्री अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सिता पोखरेल र हरीनारायण चौधरी चयन भएका छन् ।

महोत्तरीको इन्चार्जमा राजु खड्का र सहइन्चार्जमा प्रकाशहरि पोखरेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद साह, रामकुमार शर्मा, रामदयाल मण्डल र सरोज यादव चयन भएका छन् ।

सर्लाहीको इन्चार्ज डाचाराज वाग्ले, सहइन्चार्जमा अच्यूत काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोबी र लक्ष्मण पौडेललाई चयन गरिएको छ ।

रौतहटको इन्चार्जमा युवराज भट्टराई तथा सह–इन्जार्चमा कल्याणीकुमारी खड्का र सरलाकुमारी यादवलाई चयन गरिएको छ ।

बाराको इन्चार्जमा बलबीरप्रसाद चौधरी तथा सह–इन्जार्चमा गोपाल ठाकुर र ज्वालाकुमारी साह छन् । साह भने प्रदेश सभा सदस्य हुन् ।

पर्साको इन्चार्जमा नागेन्द्र चौधरी र सह इन्चार्जमा रामचन्द्र साह तेलीलाई राखिएको छ । वीरगञ्ज महानगरपालिकाको इन्चार्जमा दिनेश राई चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment