+
+
Shares

रणवीर कपुरसँग दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते ११:२९

बलिउडका सफल नायकद्वय रणवीर कपुर र अजय देवगण एकसाथ चलचित्रमा देखिदैछन् । ‘राजनीति’ चलचित्रमा सँगै देखिएका उनीहरु पुनः स्क्रिन साझेदारी गर्दैछन् । लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् ।

अजय र रणवीर लामो समयदेखि चलचित्रमा अनुबन्धित थिए । अहिलेसम्म नायिकाको भने टुंगो लागेको थिएन । अब भने चलचित्रको लागि नायिका पनि फाइनल गरिएको छ । यो चलचित्रका लागि नायिकाद्वय दीपिका पादुकोण र नुश्रात भरुषा पक्का भएका छन् ।

निर्माणपक्ष र दुई नायिका बिच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्रमा कसको जोडी को भन्ने खुलाइएको छैन । बुझिए अनुसार रणवीरले दीपिकासँग रोमान्स गर्नेछन् । कुनै समय उनीहरुबिच गहिरो प्रेम थियो ।
यस वर्षको अन्त्यबाट छायांकनमा जाने यो चलचित्रले सन् २०२० को क्रिशमसलाई आफ्नो रिलिज टार्गेट बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?