Comments Add Comment

साउनमा नीताको फेरिएको गेटअप

नायिका नीता ढुंगाना आफै निर्माता बन्ने क्रममा छिन् । उनले, निर्माण गर्न लागेको लभ स्टोरी चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । नीता चलचित्र ‘साइनो’को प्रचारमा पनि दौडधुप गरिरहेकी छिन् । उनी, अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी बोल्ड अवतारमा छिन् । तर, उनी चलचित्र प्रचारका क्रममा भने फरक गेटअपमा देखिएकी छिन् ।

नीता र मिरुनासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

साउन लागेसँगै अविवाहित महिलाहरु राम्रो श्रीमान्का लागि भन्दै ब्रत बस्छन् । साउनमा हरियो चुरा लगाउने चलन छ । नीताको हातमा पनि मेहेन्दी, हरियो चुरा देख्न सकिन्छ । नीता साउन १ गतेबाट नै आफ्नो पहिरन परिवर्तन भएको बताउँछिन् ।

चलचित्र ‘साइनो’को कथावस्तु मन परेपछि आफूले काम गरेको उनले सुनाइन् । त्रिकोणात्ममक प्रेम कथामा तयार भएको यो चलचित्रलाई उनी ‘भेज खाना’ भन्न रुचाउँछिन् । नीता हिजोआज स्पष्ट बोल्ने समेत भएकी छिन् । उनी, आफूलाई चित्त नवुझेको कुरा स्पष्ट बोल्न थालेको बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment