+
+
Shares

प्रहरी चौकी इन्चार्ज ३५ सय घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १७:५७

६ साउन, बुटवल । रुपन्देहीको ओमसतियास्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज स्थानीय व्यापारीसँग घुस लिदा लिदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रेमबहादुर थापालाई रोहिणी गाउँपालिका १ स्थित एक रेष्टुरेन्टबाट व्यापारीसँग ३ हजार ५ सय रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार थापालाई घुस रकमसहित आवश्यक कारवाहीका लागि टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?