Comments Add Comment

साथी हत्याका आरोपी २० वर्षपछि पक्राउ

६ साउन, पोखरा । हत्या आरोपमा फरार प्रतिवादी २० वर्षपछि सोमबार पक्राउ परेका छन् ।

२० वर्षअघि आफ्नै साथीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा साविक घान्द्रुक गाविस ७ का कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

२०५६ माघ ४ गते हङकङ आइडी विषयमा विवाद भएको र त्यही विषयलाई लिएर कुमारले मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार भएको प्रहरीले जनाएको छ । घाइते गुरुङको अर्को दिन बिहान सोही चोटकै कारण मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

‘हतियार प्रहार गरिसकेपछि पहिले म्याग्दीकै विभिन्न ठाउँमा २ वर्षसम्म लुकिछिपी बसेको पाइयो,’ केसीले भने, ‘त्यसपछि भारत बसेका रहेछन् ।’ उनका अनुसार गुरुङको बुवाको मृत्यु भएपछि नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment