Comments Add Comment

राष्ट्र बैंकको उच्च तहलाई सोमबार दौरा सुरुवाल र साडी अनिवार्य

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उच्च तहका कर्मचारीहरुका लागि ‘ड्रेस कोड’ लागू गरेको छ । निर्देशक र कार्यकारी निर्देशक तहका कर्मचारीहरुलाई हरेक सोमबारका लागि ड्रेस कोड लागू गरिएको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले पुरुष कर्मचारीहरुले दौरा सुरुवाल र महिला कर्मचारीहरुले साडी चोलो लगाउन आन्तरिक सर्कुलर जारी गरिएको बताए । पहिले नै निर्णय भए पनि राम्ररी पालना नभएको हुँदा अहिले सर्कुलर गरिएको उनको भनाइ छ । आजैदेखि यो नियम लागू भएको छ ।

नागिलाले भने, ‘हप्ताको एक दिन मात्र भए पनि नेपाली पहिचान झल्काउने पोशाकलाई प्रबद्र्धन गर्न खोजिएको हो ।’

यसअघि राष्ट्र बैंकका पुरुष कर्मचारीहरुले निलो रंगको पाइन्ट र सेतो रंगको सर्ट लगाउथे भने महिला कर्मचारीहरुले साडी–चोलो लगाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment