Comments Add Comment

१२ वर्षे बालिकाको बलात्कारमा आमाकै सहयोग !

६ साउन, जनकपुरधाम । भनिन्छ, जन्म दिने आमाले दिने माया अरुले दिन सक्दैन । आफ्ना सन्तानको रक्षाका लागि ज्यान दिन सक्ने त्यही आमाले आफ्नै छोरीको इज्जत आफ्नै प्रेमीको हातबाट लुटाएको सुन्दा अनौठो लाग्छ ।

यस्तै भएको छ, प्रदेश २ को महोत्तरीमा ।

एक महिलाले छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । त्यो पनि आफ्नै प्रेमीबाट । १२ बर्षीया छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न दिएको घटना डेढ महिनापछि बाहिर आएको छ ।

पीडित बालिका भंगहा नगरपालिका ६ की हुन् । उनले प्रहरी समक्ष भनेकी छन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी भएकी छु ।’

पीडित बालिकाकी आमा र भंगहाकै ४० बर्षीया सियाराम महतोबीच अवैध सम्बन्ध थियो । महिलाकी श्रीमान अपाङ्गता भएका थिए र मानसिक सन्तुलत गुमेपछि वेपत्ता भए ।त्यसपछि उनले सियारामको घरमा काम गर्न थालेकी थिइन् । त्यसक्रममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइन्छ ।

२७ जेठमा ती महिला छोरीलाई लिएर रोजगारी गर्न जनकपुरस्थित जेठी दिदी कहाँ जाने भन्दै हिँडिन् । तर एक सातासम्म घर नआएपछि उनकी दिदीले खोजी थालिन्।

सबैतिर सोधीखोजी गर्दा पनि आमा छोरीको पत्ता लागेन।

दिल्लीमै काम गर्ने भंगहाकै एक व्यक्तिले आमा छोरीलाई देखेपछि गाउँमा खबर पठाए । खबर आएको केहि दिनमै महिलाले दिदीलाई फेसबुकमा भिडियो कल गरिन् र आफूहरु ठीक रहेको बताइन् । यसको दुई दिनपछि सियाराम र आमा बाहिर गएको मौका छोपी बालिकाले जेठी आमालाई फोन गरेपछि पोल खुल्यो ।

उनले आमाछोरीलाई नेपाल ल्याई दिन सियारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई आग्रह गरे । ‘उनीहरुले प्रहरीमा उजुरी नगर्ने शर्तमा नेपाल ल्याइदिने बताए’ बालिकाकी जेठी आमाले भनिन् ।

असार १६ गते आमा छोरी नेपाल आए । यौन शोषणमा परेकी बालिकाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छन् । सियाराममाथि दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेको तथा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि घटनामा सहयोग गरेकोमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनकाअनुसार बालिकाले तीनै जना दिल्लीमा एकै ठाउँमा सुत्ने गरेको र बलात्कार गर्न आमाले सघाएको बयान दिएकी छन् ।

प्रहरी उजुरी परे लगतै सियाराम र बालिकाकी आमा भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको छ भने बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

फरार भएकी महिलाले कान्छी छोरीलाई लिएर गएकी छन् । पीडित बालिका र उनका भाइ जेठी आमा कहाँ छन् । बालिका दिल्लीबाट फर्केदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको छ । उनको तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो समस्या देखिएको छ । उनकी जेठी आमाले बालिकाको उपचारमा सहयोग गरिदिन सम्बद्व सबै पक्षसँग आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment