Comments Add Comment

कतारविरुद्ध नेपालले टस जितेर थाल्यो ब्याटिङ

७ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थालेको छ ।

नेपाली समयअनुसार कतार र नेपालबीचको खेल ७ बजेर १५ मिनेटमा सुरु हुने निर्धारित समय भए पनि खराब पिचको कारण केही ढिलोगरी सुरु भएको थियो । खेलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले कतारले बलिङ गरिरहेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा सुरु खेलमा नेपाल स्पष्ट जित हात पार्न चाहन्छ ।

नेपालको लक्ष्य कतारलाई पराजित गर्नु मात्रै होइन, यो प्रतियोगिताकै विजेता बन्दै आगामी वर्ष यूएईमा हुने विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नु हो । त्यसकारण पनि नेपालको लागि यो प्रतियोगिता एकदमै महत्त्वपूर्ण छ ।

पाँच देशको सहभागिता रहेको प्रतियोगिताको विजेता विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नेछ । मलेसियासँग दुई खेलको टी–२० क्रिकेट सिरिजपश्चात सिंगापुर पुगेको नेपाल प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो ।

प्लेइङ इलाभेन

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, वसन्त रेग्मी, अविनास बोहोरा, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ललितनारायण राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment