Comments Add Comment

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

७ साउन, काठमाडौं । कोशी राजमार्गअन्तर्गत मोरङको विराटनगर महानगरपालिका ३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

धनुषा नेश्नल पोलिक्लिनिकको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने ५५ वर्षीया उर्मिलादेवी झाको मृत्यु भएको हो ।

झाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजेतिर मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजकुमार खिउंजुले जानकारी दिए ।

एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा वीरेन्द्रबजार नगरपालिका– १ बस्ने २२ वर्षीय दीपकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment