+
+
Shares

नेकपाका नेता र कार्यकर्ता पुष्पलालका उत्तराधिकारी हुन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १२:५३

७ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र कार्यकर्ताहरु पुष्पलाल श्रेष्ठका सन्तान र उत्तराधिकारी भएको बताएका छन् ।

४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घषमार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको सोचअनुसार विभाजित पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको दावी गरे ।

पार्टी एकताको काम करिब निष्कर्षतिर पुगेको भन्दै उनले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।

एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाछ ।

प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफूहरु आइपुगेको भन्दै पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?