Comments Add Comment

ग्रिजम्यानको डेब्यु खेलमै हार्‍यो बार्सिलोना

७ साउन, काठमाडौं । बार्सिलोना प्रिसिजनको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सीसँग पराजित भएको छ ।

जापानमा आज सम्पन्न मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीसँग स्पेनिस क्लब बार्सिलोना २-१ गोलअन्तरले पराजित भएको हो । चेल्सीको जितमा टमी अब्राहम र रोस बार्कलीले गोल गरे । यता, बार्सिलोनाका लागि इभान रकिटिकले गोल गरे ।

खेलको ३४औं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनकै गोलको अधारमा चेल्सीले पहिलो हाफसम्म १-० गोलअन्तरको अग्रता बनाएको थियो ।

खेलको ८१औं मिनेटमा बार्कलीले गोल गर्दै चेल्सीलाई २-० गोलको अग्रता दिलाए । तर खेलको ९०औं मिनेटमा बार्सिलोनाले गोल फर्काउन सफल भयो । बार्सिलोनाका लागि रकिटिकले गोल गरे ।

आजको खेलमा बार्सिलोनाका नियमित कप्तान तथा भरपर्दा स्ट्राइकर लियोनल मेस्सी थिएनन् । आजको खेलमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानको डेब्यु खेल थियो । डेब्यु खेलमै बार्सिलोना पराजित भएको छ । आजको खेलमा उनलाई मुख्य फरवार्ड बनाएर खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment