+
+
Shares

चट्याङ लागेर मोरङमा दुईजनाको मृत्य

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १८:२८

७ साउन, विराटनगर । पछिल्लो २४ घण्टामा चट्याङ लागेर मोरङमा दुईजनाको मृत्यु भएको छ । सोमबार दिउँसो र मंगलबार बिहान वर्षासँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको हो । चट्याङ लागेर एक हल गोरु पनि मरेका छन् ।

सोमबार दिउँसो मोरङको धनपालथान गाँउपालिकामा ५० वषिर्य श्याम मण्डलको पनि चट्याङ लागेर मृत्यु भएको थियो । खेत जोतिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर कारण उनले जोत्दै गरेका गोरु पनि मरेका छन् ।

मंगलबार बिहान करिब साढे ११ बजे वर्षासँगै परेको चट्याङ लागेर बुढीगंगा गाँउपालिका पर्सावनीका रामेश्वर विश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक विश्वासलाई आफ्नै खेतमा काम गरिरहदाँ चट्याङ लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?