११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि बल्ल मतदान सुरु भएको छ ।
असार ७ गतेबाट सुरु भएको महाधिवेशन अहिले ११ गतेको सुरु भएपछि मतदान सुरु भएको हो । अहिले १२ बजेपछि मात्रै मतदान सुरु भएको हो ।
यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिएको थियो । त्यसपछि लामो प्रतीक्षामा रहेका मतदाता भोट हाल्न लाइनमा लाग्न थालेका थिए ।
कतिपय प्रतिनिधि भने भोट नै नहालेर महाधिवेशन स्थलबाट हिँडिसकेका छन् । मतदान बिहान १० बजेसम्म जारी राख्ने भनिएको छ ।
यसअघि महाधिवेशन असार ७ देखि ९ गतेसम्म चल्ने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4