१० असार, काठमाडौं । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले इरानको निरीक्षण गर्ने भएको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले अमेरिका र इरानबीचको प्रारम्भिक शान्ति सम्झौताअनुसार संस्थाले इरानको निरीक्षण भ्रमण गर्ने बताएका हुन् ।
जापान भ्रमणका बेला पत्रकारसँग कुराकानी गर्दै ग्रोसीले भनेका छन्, ‘इरानमा निरीक्षण अवश्य हुनेछ । हामी यथासक्य चाँडो मिति, प्रक्रिया र स्थान जस्ता विषय तय गर्नेछौं ।’
उनले पछिल्लो साता भएको सम्झौतामा स्पष्ट रूपमा इरानमा उच्च स्तरको समृद्ध युरेनियमको मात्र कम गर्ने प्रक्रिया आईएईएको निगरानीमा हुने उल्लेख रहेको दाबी गरेका छन् ।
उता इरानी अधिकारीहरूले भने अमेरिकी हमलामा क्षतिग्रस्त परमाणु केन्द्र र परमाणु प्रविधिको विषयमा अमेरिकासँग अन्तिम सम्झौताका बेला मात्रै स्पष्ट कुराकानी हुने बताएका छन् र।
यसअघि स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरान आईएईएका निरीक्षणकर्ताहरूलाई आफ्नो देश आउन अनुमति दिनेमा सहमत भइसकेको दाबी गरेका थिए ।
भान्सको उक्त दाबीलाई इरानी विदेश मन्त्रालयका प्रवक्ताले खण्डन गर्दै त्यसबारे कुनै विस्तृत चर्चा नभएको दाबी गरेका थिए ।
प्रतिक्रिया 4