+
+
Shares
रास्वपा महाधिवेशन :

भोटिङ मेसिनमा तोकिएको स्थानप्रति उम्मेदवारको असन्तुष्टि

गणेश कार्कीको प्रश्न- के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?

‘प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ३:०४

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि अहिले मतदान जारी छ । लामो रस्साकस्सीपछि मध्यरातको १२ बजेपछि मात्रै मतदान सुरु भएको हो ।

रास्वपाले विद्युतीय भोटिङ मेसिन(ईभीएम)को प्रयोग गरेर मतदान प्रक्रिया सञ्चालन गरेको छ ।

यस्तोमा ईभीएममा उम्मेदवारको नाम स्थान तोकिएको प्रक्रियाबारे भने उम्मेदवारले असन्तुष्टि जनाएका छन् । त्यस्तो असन्तुष्टि जनाउनेमा निवर्तमान केन्द्रीय सदस्य एवं सांसद गणेश कार्की पनि एक छन् । उनले फेसबुमार्फत नै आफ्ना प्रश्न राखेका छन् ।

‘खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ,’ कार्कीले लेखेका छन्, ‘प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?