+

क्यानडा भर्सेस स्विट्जरल्यान्ड : पहिलो हाफ गोलरहित बराबरीमा

२०८३ असार  ११ गते १:३८ २०८३ असार ११ गते १:३८

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् । भ्यानकुभरको बिसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन ।

समान दुई खेल खेलेका क्यानडा र स्विट्जरल्यान्डले एकमा जित र एकमा बराबरीसहित समान ४ अंक जोडेका छन् । यो खेलमा जित निकाल्ने टोली समूह विजेता बन्दै नकआउटमा प्रवेश गर्नेछ ।

बराबरी भएमा दुवै टोली नकआउटमा पुग्नेछन् । दुई खेल नै खेलेका कतार र बोस्निया एन्ड हर्जगोभिया एक खेल बराबरी र एक खेल हारसहित समान एक अंक जोडेका छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय