+

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई यू-१९ भलिबलको उपाधि

२०८३ असार  १० गते २०:४४ २०८३ असार १० गते २०:४४

१० असार, काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको फाइनलमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९, २५–१० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गणेश हिमाल तेश्रो भयो । गणेश हिमालले सरस्वती मावि, हेलम्बुलाई २५–१८, २५–१६, २५–१३ ले हरायो ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितमा टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्सकी निशा महर उत्कृष्ट खेलाडी घोषित भइन् । निशाले १० हजार नगद पुरस्कार हात पारिन् । न्यु डायमन्ड युथ स्पोर्ट्सकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए । न्यु डायमन्डकी गृष्मा गुरुङ उत्कृष्ट डिफेन्डर, नम्सार राना उत्कृष्ट सेटर र एलिशा श्रेष्ठ उत्कृष्ट सर्भर बने । विधागत उत्कृष्ट सबैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

मदन भण्डारी कप यु–१९ छात्रा भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय