+
फिफा विश्वकप :

पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको २–१ ले अग्रता

२०८३ असार  ११ गते १:३५ २०८३ असार ११ गते १:३५

फिफा विश्वकप  फुटबल अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–१ को अग्रता लिएको छ ।

११ असार, काठमाडौं । फिफा विश्वकप  फुटबल अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–१ को अग्रता लिएको छ ।

खेलको २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्दा बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता दिलाएको थियो ।

त्यसपछि कतारका हसन अल्हाएदोसले ४२ औं मिनेटमा एक गोल प्रहार गरेर खेललाई २–१ को अवस्थामा पुर्‍याएका छन् ।

फिफा विश्वकप  फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय