Comments Add Comment

नेकपामा को-को भए जिल्ला इन्चार्ज र सहइन्चार्ज ? (सूचीसहित)

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ ईञ्चार्ज परेको छ ।

मन्त्री पनि इन्चार्ज

नेकपाले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज बनेका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका बास्कोटा यसअघि भने इन्चार्जको भूमिकामा थिएनन् ।

त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्ज बनाइएको छ । उनी साबिक एमालेमा पनि जिल्ला इन्चार्ज थिइन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बनेका छन् ।

१० जनासम्म सहइन्चार्ज

नेकपाले केही जिल्लामा सहइन्चार्ज तोकेको छैन भने कहि १० जनालाई छ । काठमाडौं जिल्लामा पनि ९ जना सहइन्चार्ज छन् ।

यस्तै धनुषामा ९ जना, सिराहामा १० जना, महोत्तरीमा ६ जना, सर्लाहीमा ४ जना, रौतहट र बारामा दुईदुई जना सहइन्चार्ज तोकिएका छन् । केही अरु जिल्लामा पनि सहइन्र्चाज दुई वा त्यसभन्दा बढी छन् ।

एक सचिवालय सदस्यकाअनुसार पार्टी अध्यक्षद्धयले इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएका हुन् । बैठकमा केही नेताले सहइन्चार्ज धेरै बनाउन नहुने तर्क समेत गरेका थिए तर, दुई अध्यक्षले बनाएको सूची नै पास भएको छ ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment