+
+
Shares

सडकपेटीमा महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन

जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १९:२५

२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

बुधबार राजविराज नगरपालिका–१४, पर्साहीकी  बबिता पासवानले सडकपेटीमा शिशुलाई जन्मदिएकी थिइन् । उनको भिडिओ भाइरल भएपछि चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?