Comments Add Comment

पूजाले फेरि लिइन् २० लाख पारिश्रमिक

चलचित्र ‘पोई पर्यो काले’का लागि नायिका पूजा शर्माले २० लाख पारिश्रमिक लिएसँगै खुबै चर्चा भयो । यो चलचित्र कात्तिक ८ गतेबाट नेपालभर रिलिज हुँदैछ । यसैविच, नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम गर्न लागेकी नायिका शर्माले दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको छ ।

निर्देशक पनि भारतबाट नै आउने बताइएको छ । यो चलचित्रका लागि पनि पूजाले २० लाख पारिश्रमिक लिएकी छिन् । पूजाले यो बिषयमा भनिन्–‘निर्माता आएपछि कागजी संझौता हुन्छ । अहिले मैले पेश्की रकम लिएकी छु ।’ उनले सबै बिषयमा फाइनल कुरा भैसकेको सुनाइन् ।

चलचित्रका लागि नायक आकाश श्रेष्ठसँग पनि कुरा भैरहेको वुझिएको छ । आकाशले पनि यो चलचित्रमा काम गर्ने पक्का भयो भने पूजा र आकाशले एकसाथ चौथो चलचित्रमा काम गर्नेछन् । चलचित्रलाई पूर्ण रुपमा लभ स्टोरी कथामा नै बनाउने तयारी गरिएको छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकिएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुनेछन् । दार्जिलिङको नयाँ प्रोजेक्ट अर्को बर्ष रिलिज हुने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment