Comments Add Comment

मोटरसाइकलमा आगजनी गर्ने २ जना पक्राउ

८ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मोटरसाइकलमा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्ऽ साह गोढ पक्राउ परेका हुन् ।

सुवर्ण गाउँपालिका-७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु ३२४९ नम्बरको मोटरसाइकल लिइ काम विशेषले कलैया आएका थिए ।

उनीहरुले कलैया उपमहानगरपालिका-५ स्थित राजिव पाण्डेको घरको कम्पाउण्डमो मोटरसाइकल रोकेर राखेका थिए । तिनै रोकी राखेको मोटरसाइकलमा साउन ३ गते बिहान आगजनी भएको थियो ।

घटनाको बारेमा प्रहरीमा उजुरी परेपछि अनुसन्धान शुरु गरेको प्रहरीले उनीहरुले मोटरसाइकलहरूमा आगो लगाएको तथ्य पत्ता लगाएको थियो ।

पटेल र साहलाई साउन गते पक्राउ गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment