+
+
Shares

जनवादी गायक हेमराजको एकल साँझ हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १३:४३

जनवादी गायक हेमराज आश्रम एकल साँझमा गुञ्जने भएका छन् । डेढ  दशकदेखि रक्तिम सांस्कृतिक अभियानमा रहेर जागरणका गीत गाउदै आएका आश्रम आगामी ३० श्रावणमा राष्ट्रिय सांस्कृतिक संस्थान नाचघरमा गुञ्जने भएका हुन् । समग्र जागरण संगीतको सम्बर्धनका लागि एकल साँझ गर्न लागेको नाचघरका महाप्रबन्धक राजेश थापाले जानकारी दिए ।

काठेखोला गाउँपालिका–४, बागलुङका आश्रमको दुई दर्जनबढी गीत रेकर्डेड छन् । नाकावन्दीले, अक्टोवर क्रान्तिलाइ लाल सलाम, आंधीको वेग, चट्टान हुुँ म, चाहे चुडियोस्, शिशीर चिर्ने जस्ता उनका गीत लोकप्रिय छन् । एकल साँझमा राग पनि प्रस्तुत गर्ने गायक आश्रमले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूूूूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी र जनगायक रामेशको विशेष आतिथ्यतामा एकल सँझ सम्पन्न हुने हेमराज आश्रमले जानकारी दिए । उक्त एकल साँझ दिउँसो दुई बजेबाट शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?