Comments Add Comment

अन्तरबैंक फुटसल प्रतियोगिता हुने, २० बैंक सहभागी

८ साउन, काठमाडौं । काठमाडौंमा एक लाख पुरस्कार राशीसहित अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुरको ढोलाहिटीस्थित एक्टिभ स्पोट्र्स कम्प्लेक्समा पहिलोचोटि यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सरकारी तथा निजी बैंकले भाग लिन सक्नेछन् । २० वटा बैंकहरुले भाग लिने यो प्रतियोगिताको समुह चरणका खेलहरु आगामी शनिबार हुनेछन् । यसैगरी नकआउट स्टेजका खेलहरु भने १८ साउन, शनिबार आयोजना हुनेछ ।

बैंकहरुले हाल कार्यरत कर्मचारीलाई मात्र टोलीमा समावेश गर्न सक्ने आयोजकले जनाएको छ । एक्टिभ स्पोट्र्स कम्प्लेक्समा आयोजना हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई सन् २०१९ का लागि सो कम्प्लेक्समा स्वीमिङ सदस्यता दिइने छ ।

प्रतियोगितामा सहभागी बैंकहरुलाई चार समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आईएमई, नबिल, कुमारी र लक्ष्मी छन् । समुह ‘बी’ मा सिद्धार्थ, सिटिजन, मेगा, माछापुछ्रे र एनआईसी एसीया रहेका छन् । यसैगरी समुह ‘सी’ मा एनसीसी, राष्ट्रिय वाणिज्य बैंक, सिभिल, प्रभु र सेन्चुरी बैंक छन् । र, समुह ‘डी’ मा हिमालयन, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बैंकअफ काठमाडौं रहेका छन् ।

यस प्रतियोगिताको आयोजना एक्टिभ स्पोर्स क्लवले र प्रायोजन मोरङ अटो वक्र्सले गरेको हो । एक्टिभ स्पोर्ट्स कम्प्लेक्स यसै वर्षबाट सञ्चालनमा आएको हो । यसभित्र स्वीमिङ पुल र दुई फुटसल पिचहरु रहेका छन् । आगामी महिनाहरुमा जिम र साउना पनि थप्न लागिएको कम्प्लेक्सले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment