Comments Add Comment

रामेछापको साँघुटार बजारमा आगलागी

Photo Credit : नवराज पथिक

९ साउन, रामेछाप । रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

सिंहदेवी निर्माण सेवाको स्टोरबाट सुरु भएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, नविन बुढाथोकी, अनिष थापा तथा कुमार थापाको घर र घरभित्र रहको सामान पनि जलेर नष्ट भएको स्थानीय तेजबहादुर प्रधानले बताएका छन् ।

गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोबीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली जाँदै गरेको बताए ।

साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ ।

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment