Comments Add Comment

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

९ साउन, बारा । नक्कली चालक अनुपतिपत्रको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले मंगलबार जितपुर बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले जीतपुर सिमरा उपमहानगरपालिका–७ का एक दर्जन स्थानीयलाई झुक्याएर अर्यालले सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) बिक्री गरेको खुलेपछि नियन्त्रणमा लिएको जनाएको छ ।

अर्यालले हेभी चालक लाइसेन्सका लागि ५० हजार र हल्का सवारी साधनको लाइसेन्सका लागि रु. १० हजारका दरले रकम असुल्ने गरेको गुनासो पीडितले प्रहरीसमक्ष  गरेका छन् ।

मंगलबार पक्राउ परेका अर्यालको साथबाट प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र थान ५ र सवारी चालक अनुमति पत्र लिन बुझाएको रसिद भरपाईसमेत बरामद गरेको छ ।

प्रहरीले अर्यालविरुद्ध जिल्ला अदालत, बारामा लिखत कीर्ते अभियोग लगाएर मुद्दा दर्ता गराएको छ । अदालतबाट ५ दिनको म्याद थप भएकाले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment