Comments Add Comment

प्रभु बैंकको नाफा दोब्बर, एक वर्षमा कमायो २ अर्ब ३ करोड

९ साउन, काठमाडौं । प्रभु बैंक लिमिटडेले बिहीबार आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरु उत्साहजनक छन् ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ९६ करोड ७० लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।

किस्ट बैंक र ग्राण्ड बैंकलाई मर्ज गरेको प्रभु बैंकको अन्य सूचकहरु पनि उत्साहप्रदक देखिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ७३ करोड नाफा गरेको विवरणमा उल्लेख छ ।

बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने ८६ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ रहेको छ । बैंकले निस्कृय कर्जामा पनि राम्रो सुधार गरेको छ । अघिल्लो आर्थिक वर्ष झण्डै ४ प्रतिशत रहेकेा निस्कृय कर्जा बैंकले २.३१ प्रतिशतमा झारेको छ । बैंकले ४.७० प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।

आधार दर (बेस रेट) मा पनि राम्रो सुधार भएको छ । असार मसान्तसम्म बैंकको बेस रेट ९.६३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षसम्म बैंकको बेस रेट १०.६३ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment