+
+
Shares

गाउँले भूमिकामा रमाउने मिरुना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १६:१२

नायिका मिरुना मगरको सुन्दरताको फ्यान धेरै छन् । अझ, उनको साधारण शैलीलाई पनि दर्शकले मन पराउँछन् । उनी अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । मिरुना भन्छिन्–‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । ‘साइनो’मा यस्तै खालको भूमिकाको अफर आयो र गरेँ ।’

मिरुनाले आफूलाई यस्तो भूमिका मनपर्ने भएकाले पनि अफर आउँदा खुशी लागेको बताइन् । उनले चलचित्रमा काम गर्नुको कारण भनिन्–‘मैले यो चलचित्रमा काम गर्नुको मुख्य कारण त नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले बनाउन लागेको भएर नै हो । साथमा, मैले खोजेको जस्तै भूमिका पाएकाले पनि गरेकी हुँ ।’ उनले चलचित्रको कथावस्तु पनि शक्तिशाली भएको खुलाइन् ।

मानिसको साइनो किन टुट्छ ? मिरुना भन्छिन्–‘साइनो जोडिनका लागि दुबै जनाको हात बराबर हुन्छ । तर, एउटाले मात्र पनि साथ छाड्यो भने साइनो टुट्छ ।’

तस्वीरः शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?