Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को गीत चोरी विवाद मिल्यो

संगीतकार आलोकश्री र चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत चोरी विवाद मिलेको छ । आलोकश्रीले संगीत भरेको ‘फोटो सिरानी’मा बोलको गीतसँग चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ गीतको लय मिलेपछि विवाद उत्पन्न भएको थियो ।

गीत मिल्नुलाई ‘संयोग’ मात्र भनेर सहमती भएको छ । संगीतकार आलोकश्रीले पनि आफूले कुनै पनि रकमको डिमाण्ड नगरेको बताएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी र ‘फोटो सिरानी’का संगीतकार आलोकश्रीविच भएको वार्तामा यो सहमती भएको हो ।

नेपालमा पछिल्लो समयमा गीतको सानो अंश मात्र मिलेमा पनि मुद्दा मामालामा जाने क्रम बढेको छ । तर, आलोक श्री र ‘कबड्डी ३’को टिमले भने संयोग मात्र भनेर विवाद टुंग्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment