Comments Add Comment

कौटिन्हो भित्र्याउन सम्भव छैन : लिभरपुल प्रशिक्षक

९ साउन, काठमाडौं । लिभरपुरका मुख्य प्रशिक्षक जर्गन क्लोपले आफ्ना क्लबका पूर्व खेलाडी फिलिपे काैटिन्होलाई तत्काल क्लबमा भित्र्याउन असम्भव भएको बताएका छन् ।

इएसपीएनसँग कुरा गर्दै एन्फिल्ड बोसले आफ्नो क्लबमा उनलाई पुनः ल्याउन असम्भव भएको प्रतिक्रिया दिएका छन् ।

लिभरपुलबाट कीर्तिमानी मुल्यमा सन् २०१८ मा स्पेनिस क्लब बार्सिलोना पुगेका उनको प्रदर्शन राम्रो हुन सकेन । अहिले उनी बार्सिलोनामा निकै आलोचित हुदै आएका छन् । बार्सिलोनाले पनि उनलाई बेच्न चाहन्छ ।

लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले भनेका छन्, ‘मलाई काैटिन्हो मन पर्छ । उनी राम्रा फुटबलर हुन् । तर उनी एक ठूलो ठूलो ठूलो रकममा सम्झौता गर्नेछन् । उसका लागि हाम्रो वर्ष हो होइन ।’

क्लोपले थपेका छन्, ‘उनलाई क्लबमा भित्र्याउन सम्भव छैन । म विश्वास गर्छु कि उनले बार्सिलोनामा राम्रो गरोस् ।’ कौटिन्हो सन् २०१३ मा इन्टर मिलानबाट इंग्लिस क्लब लिभरपुल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment