Comments Add Comment

घर सफा गर्दै अभिनेत्री दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक ठूलो पर्दामा देखिनका लागि तयार भएकी छिन् । चाँडै नै दीपिका पादुकोणका दुई नयाँ फिल्म प्रदर्शन हुँदैछन् । ती दुई फिल्म चरित्रको आधार निकै फरक-फरक छन् । ती दुई फिल्महरु हुन्-छपाक तथा डघ ।

छपाक फिल्ममा दीपिकाले एसिड आक्रमणबाट पीडित युवतीको भूमिका निर्वाह गरेकी छिन्, जबकि डघ मा उनी भारतीय क्रिकेट टीमका पूर्व कप्तान कपिल देवकी श्रीमतीको भूमिकामा देखा पर्दैछिन् । यतिबेला दीपिका दुबै फिल्मको छायांकनमा यस्त छिन् । यी दुई फिल्मका दुई भिन्न चरित्र निर्वाह गर्नका लागि उनलाई निकै सकस समेत भैरहेको बताइन्छ ।

दीपिकाले निर्वाह गर्ने दुबै चरित्र निकै पृथक तथा चुनौतीपूर्ण समेत छन् । दीपिकाले हालै दिएको एउटा ताजा अन्तर्वार्ताका क्रममा आफूले ती दुई ठूला चरित्रलाई न्याय गर्नका लागि कसरी आफूलाई तयार गरिन् भन्ने बारेमा बताएकी छिन् ।
उनले दुई महिलाहरुको चरित्रका लागि आफैंलाई तयार पार्न निकै मुश्किल रहेको बताएकी छिन् । दीपिकाका अनुसार एउटा चरित्रबाट अर्को चरित्रमा जानु त्यति सहज भैरहेको छैन । उनका अनुसरा एउटा कलाकारसंग उसले निर्वाह गर्ने चरित्र लामो समयसम्म संगै रहनु पर्छ । यद्यपि, उनको प्रसंगमा यो भैरहेको छैन, किनभने उनी एकै साथ दुई भिन्न भूमिका निर्वाह गरिरहेकी छिन् ।

दीपिकाका अनुसार जब उनी एउटा चरित्रबाट अर्को चरित्रमा परिवर्तन हुने बारेमा सोच्दछिन्, त्यो बेला उनी आफ्नै घरको सरसफाइ गर्न थाल्छिन् । उनी एसिड आक्रमण पीडितदेखि कपिल देवकी श्रीमती रोमी देवको चरित्रमा ढल्नका लागि घरको सरसफाइ गर्थिन् । दीपिका भन्छिन्-‘मलाई लाग्छ, एउटा चरित्र तपाईं भित्रबाट सम्पूर्ण रुपमा बाहिर निस्कनु हुँदैन । म घरमा सरसफाइ तथा घरका सामानहरु मिलाउने काम गर्दथें । यसले मर्लाइ लक्ष्मीबाट रोमी देवको चरित्रमा ढल्न निकै सहयोग मिल्दथ्यो । यसले मेरो तनाव पनि कम हुन्छ र मेरो दिमागलाई पनि शान्ति मिल्छ ।’

दीपिकाको छपाक फिल्म एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित छ । उक्त फिल्ममा विक्रान्त मैसीले लक्ष्मीका वास्तविक जीवनका श्रीमान्को भूमिका निर्वाह गरिरहेका छन् । यो फिल्म १० जनवरी २०२० मा प्रदर्शन हुँदैछ ।

त्यहीं डघ शीर्षकको फिल्म भने क्रिकेटर कपिल देवको जीवनीमा आधारित छ, जसमा कपिल देवको भूमिकामा रणवीर सिंह देखिने छन् । यो फिल्म सन् २०२० को अपि्रल १० का दिन प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment