Comments Add Comment

कतारबाट फर्किएर ‘स्कुल अफ योगा’

९ साउन, काठमाडौं । कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो ।

योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । ‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अबस्था छ’, स्कुलका संस्थापक भेटवालले भने,’यसले विन्यासा फ्लोको कक्षाहरु सञ्चालन गर्छ ।’ स्कुलले दश बर्षभित्र एकसय वटा योगा सेन्टर बिस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको वताए । ‘योगको अभ्यास योग्य प्रशिक्षकबाटै सिक्नु पर्छ । हात हल्लाउँदै र खुट्टा मर्काउँदैमा योगा हुदैन । योगलाई योगाकै रुपमा अभ्यास गर्नुपर्दछ,’ उनले भने,’त्यसो भएमात्रै योगाले सही ढंगले काम गर्नेछ ।’

योगाले सकारात्मक सोच्न र आवेगमा आउनबाट जोगाउने हुँदा समाजमा अपराध घटाउनेदेखि मानिसहरुको दैनिक कार्य क्षमतामा बृद्धि गर्ने वताए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार हुनको लागि प्रोत्साहन गर्ने नीति रहेको वताए ।

भेटवालले मानिसहरु तनाव र मोटोपन जस्ता समस्याबाट ग्रसितहरुको लागि योगा उपयुक्त रहेको वताए । ‘तनाव र मोटोपनकै कारण संसार भरी उच्चरक्तचाप, मधुमेह, थाइराईड, युरीक एसिड लगायतका रोगीहरुको संख्य उल्लेख्य रुपमा बढ्दै गइरहेको छ । मेडिकल बिज्ञानले यि रोगहरु निर्मुल पार्ने औषधीहरु पत्ता लगाउन सकेको छैन । नियमित योग अभ्यासले यी रोगको उपचार सम्भव हुन्छ ।,’ उनले भने ।

यसमा प्रशिक्षक उत्पादन बाहेक बिभिन्न रोग बिशेष अनुसार  थेरापेटिक योग अभ्यास, तनाव ब्यबस्थापन लगायतका कक्षाहरु दैनिक रुपमा सन्चालनमा ल्याएको छ । स्कुलले विभिन्न विद्यालयहरु तथा कार्यलयहरुमा योगलाई जोड्नको लागि अफिस योगा तथा योग इन स्कुलको कार्यक्रमहरु ल्याएको छ ।

दुई दशकदेखि योगामा लागेका स्कुलका मुख्य योग प्रशिक्षक शिब बस्यालले योगको मुल बिज्ञान र दर्शनलाई समाजमा स्थापित गर्नको लागी यस स्कुलको स्थापना भएको हो । यस स्कुल हाल सात जना योग तथा ध्यानको प्रशिक्षक रहेका छन् ।

उद्घाटन कार्यक्रममा मेडिसिटी अस्पतालमा कार्यरत न्युरो सर्जन डा. प्रकाश पौडेलले डाक्टरहरुको लागि समेत योग अभ्यास निकै महत्व रहेको बताए । ‘बिरामी अपरेशन गर्नु अघि डाक्टरले आफ्नो मनलाई सन्तुलित राख्नु जरुरी हुन्छ । योग अभ्यासले मन तथा मष्तिस्कलाई सन्तलित राख्न मद्दत गर्दछ ।,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment