Comments Add Comment

साउनमा शाकाहारीः शाकाहारी भोजनको फाइदा

साउन महिनासँग शुद्धता पनि जोडिएको छ । धर्मकर्म एवं भक्तिभावमा मन लगाउने, शुद्ध खानपान गर्ने, उपवास बस्ने महिना हो यो । मध्य वर्षायामको यो समयमा हामीले खानपानमा सर्तकता अपनाएर कतिपय संक्रमणबाट बच्न सकिन्छ ।

त्यसो त साउन महिनामा धेरैले माछामासु खान छाड्छन् । मदिरापान गर्दैनन् । बर्षदिनमा कम्तीका एक महिना उनीहरुको शरीरले शुद्धिकरण गर्ने मौका पाउँछ । पाचन यन्त्रले अतिरिक्त बोझ उठाउनु पर्दैन । शरीरमा विषाक्त तत्व जम्न पाउँदैन ।

प्राकृतिक हो शाकाहारी भोजन

शाकाहारी भोजनले व्यक्तिको तन र मनलाई स्वस्थ्य राख्छ । शाकाहारी भोजनमा खनिज पदार्थ, प्रोटिन, कार्बोहाइड्रेट र भिटामिनसहित अरु पोषक तत्व पाइन्छ । यी तत्व प्राकृतिक रुपले शाकाहारी भोजनमा प्राप्त हुन्छ र यसले तपाईंको शरीर स्वस्थ्य राख्छ ।

शाकाहारी भोजनको फाइदा

शाकाहारी भोजन पचाउनमा सजिलो हुन्छ । जबकी मांसाहारी भोजन पचाउनमा कम्तिमा ३६ देखि ६० घण्टा लाग्छ ।

सागसब्जीमा प्राप्त हुने प्रोटीन, कर्बोहाइड्रेट र वोसो तत्वले अनेक रोगबाट बचाउँछ । साथै भिटामिन, एन्टिअक्सिडेन्ट, अमिनो एसिड आदि तत्व पनि सामेल हुन्छ, जो क्यान्सर जस्तो घातक रोगबाट बचाउनमा सहयोगी हुन्छ ।

शाकाहारी भोजनमा फाइबरको मात्रा अत्याधिक हुन्छ, जो पाचन क्रियामा सहयोगी हुन्छ ।

रोगमुक्त बनाउँछ

हामी माछामासु किन खान्छौं ? स्वादका लागि । स्वादको चक्करमा परेर हामी स्वास्थ्य खराब बनाउँछौं । साउन महिनामा भने हामी जिब्रोको मर्जी अनुसार चल्दैनौं । त्यसैले सात्विक एवं शाकाहारी भोजन अपनाउँछौं ।

हुन त हाम्रो शरीरलाई विभिन्न किसिमको पोषक तत्व चाहिन्छ । त्यसमध्ये कतिपय पोषक तत्व माछा मासुबाट नै प्राप्त हुन्छ । यद्यपी माछामासु छाड्दैमा ति पोषक तत्वको कमी भने हुँदैन । किनभने माछामासु, अन्डा आदिबाट पाइने प्रोटिन अरु कतिपय वनस्पतिबाट पनि प्राप्त हुन्छ ।

माछामासु, अन्डा आदि नखाई पनि हामीले शरीरलाई आवश्यक पोषक तत्व पूर्ति गर्न सक्छौं । किनभने मानव शरीरलाई आवश्यक जे-जति पोषक तत्व छन्, ति सबै वनस्पतिबाट पाइन्छ । अर्को कुरा माछामासु पचाउन हाम्रो पाचन यन्त्रलाई त्यती सहज हुँदैन । माछामासुकै माध्यामबाट शरीरमा कतिपय विषाक्त पदार्थ पनि जम्न पुग्छ । त्यही विषाक्त पदार्थले भित्री अंगको कार्यसंचालनमा अवरोध पैदा गर्न सक्छ ।

अतः शाकाहारी भोजन नै स्वास्थ्यका लागि सर्वोत्तम हो । शाकाहारी भोजनले शरीरलाई निरोगी बनाउँछ । तन्दुरुस्त राख्छ । ताजा राख्छ ।

शाकाहारी भोजनले रक्तप्रवाह हुने धमनी सम्बन्धित रोगको संभावना कम हुनछ । शाकाहारीमा कुल तरल पदार्थ कोलेस्ट्रोल तथा कम घनत्वयुक्त लायपोप्रोटिन कोलेस्ट्रोरको मात्रा सामान्यतः कम पाइन्छ । यसैगरी शाकाहारीमा उच्च रक्तचापको संभावना मासंहारीको भन्दा कम हुन्छ । फोक्सो र आन्द्राको क्यान्सरको संभावना पनि शाकहारी भोजन गर्नेलाई कम हुन्छ । किनभने शाकाहारीले रेशायुक्त फल र सब्जीको अधिक सेवन गरेका हुन्छन् ।

विश्वभर गरिएको अध्ययनले के देखाउँछ भने वनस्पति आधारित भोजन गर्नेमा स्तन क्यान्सरको संभावना कम हुन्छ । शाकाहारी भोजन गर्नेलाई मिर्गौंला सम्बन्धित रोगको खतरा पनि त्यही रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment